७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्छ : सांसद श्रेष्ठ


5.473k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताउनुभयो ।

शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद श्रेष्ठले प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताउनुभयो ।

उहाँले एकअर्कालाई हिलो छ्यापेर फुत्किने भन्दापनि आधारसाथ बोल्नुपर्ने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले एमालेले आज संसद अवरुद्ध गर्नु आवश्यक नभएको बताउनुभयो ।