
काठमाडौं । चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शनमा आएको छ ।
सामाजिक बिधामा निर्मित चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो ।
शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्र हेरिसकेपछि विदेशी पर्यटकहरुले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ धेरै मनोरञ्जनात्मक रहेको बताए । उनीहरुले यस नेपाली चलचित्रमा समाजका गतिविधिहरुलाई मनोरञ्जनात्मक रुपमा उठाइएकाले धेरै राम्रो रहेको पतिक्रिया दिए ।
चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो ।
प्रतिक्रिया दिनुहोस्