
काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै शीतल निवासले कानूनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको अवस्था थियो ।
शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुवै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो ।
यद्यपि यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कि नमिल्ने भन्नेमा विवाद भने कायमै छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको एजेन्डाबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्