
काठमाडौं गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।
शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो ।
गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । गुजरातले अब उपाधिको लागि आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।
पछिल्लो वर्ष पहिलोपटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्