१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै


689
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार तीन खेलहरु हुँदैछन् ।

जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै, खोस्रो खेल दिउँसो ३ बजे च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी २१ खेलमा ३९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

साँझ ६ बजे रंगशालामा हुने तेस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

संकटा २१ खेलमा २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।