१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद अवरोध हटाउनेबारे शीर्ष नेताहरूबीच छलफल


572
Shares

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा तीन ठुला दलका शीर्ष नेताहरू सहभागी भएका हुन् ।

छलफलमा माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे रहनु भएको छ भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक पदम गिरी सहभागी हुनु भएको छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुभएको बताइएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबारका लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।