८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु


143
Shares

सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक सेवा सुचारु भएको छ ।

अस्पतालमा तोडफोड भएपछि सेवा प्रवाह गर्न सुरक्षा नभएको जनाउँदै बन्द गरीएको थियो । जिल्लास्थित विभिन्न दलहरुका नेता कार्यकर्ता, सुरक्षाकर्मीहरुको सामुहिक प्रयासमा अस्पताल परिसरको सरसफाई गरिएपछि सेवा सुचारु भएको हो ।

सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै सेवा बन्द गरीएको र सेवा दिन नसक्ने अस्पतालले जनाएको थियो । सिन्धुली अस्पतालको आकस्मिक सेवा सञ्चालनमा आएसँगै आपतकालिन स्वास्थ्य सेवा प्रदान गर्न थालिएको र अन्य सेवाहरु समेत सञ्चालन गरीने सिन्धुली अस्पतालका मेडिकल सुपरिटेण्डेन उमेश प्रधानले बताउनभयो ।

सिन्धुली अस्तालमा एक गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल तोडफोड गरीएको थियो । तोडफोड हुँदा लाखौंंको क्षति भएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शतिशचन्द्र ढकालले बताउनुभयो ।