
काठमाडौँ — काठमाडौंबाट भारतको बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको विमान पुन काठमाडौं फर्किएको छ ।
नेपाल वायुसेवा निगमको आरए–२२५ को न्यारोबडी जहाजले चरा ठोक्किएको आशंका गरेपछि काठमाडौं नै फर्किएको हो ।
जहाजले १ बजेर ४५ मिनेटमा बेंग्लोरका लागि उडान भरेको थियो।
धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्