
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरुलाई आग्रह गर्नु भएको छ।
लेखकले आफू सरकारमा रहँदा देश झिलिमिली देख्ने र विपक्षमा रहँदा देश अन्धकारमय देख्ने दृष्टिले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने समेत बताउनु भएको हो ।
शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उहाँले सरकारमा रहँदा राम्रो देख्ने र नरहँदा देश अन्धकारमय देख्न नहुने बताउनु भयो ।
प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रम सही विश्लेषणको साथ आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै पानी जहाज चढेर स्वार्गानुभूति गरेको तर त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराउनुभयो ।
प्रमुख सचेतक लेखकले सरकारले ल्याएको नति तथा कार्यक्रमको पक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारीसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्