
एजेन्सी । नेदरल्याण्ड्समा इन्धन अनुदान अन्त्यको मागसहित भएको प्रदर्शनमा १५ सय बढी पक्राउ परेका छन् ।
नेदरल्याण्ड्सको द हेगमा आयोजना गरिएको बिरोध प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेपछी प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा समेत हानेको थियो ।
जसले गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । पक्राउ परेका मध्ये ४० जनालाई मुद्दा चलाइने भएको छ भने अन्य लाई रिहा गरिएको छ । नेदरल्याण्ड्सका मेयरले इन्धनमा अनुदान दिने नियम लागु गरेपछी पटक पटक बिरोध प्रदर्शन हुँदै आएको छ ।
प्रदर्शनका कारण नेदरल्याण्ड्सको जनजीवन समेत प्रभावित भएपछी प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्