
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा गरिएको सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीयले काम रोकेका छन् ।
दुधौली बजारमा सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले दुधौली नगरपालिका– ९ दुधौली बजारबाट वडा नं. ८ को खोरभञ्ज्याङ जोड्ने सडकको कालोपत्रेको काम राकेका हुन् ।
सिन्धुलीस्थित शहरी विकास भवन निर्माण कार्यालयको ४ करोड ५८ लाख ८७ हजार २ सय ८४ रुपैयाँको लागतमा दुधौली बजारको सालघारी खोरभञ्ज्याङ सडकको झण्डै दुई किलोमिटरभन्दा बढी सडकको ठाउँठाउँमा पिच उप्किएको छ ।
निर्माण व्यवसायीको लापरवाहीले गर्दा कालोपत्रे गरिएको सडक भत्किएको स्थानीयले आरोप लगाएका छन् । गुणस्तरीय हुने गरी सडक कालोपत्रे गर्न पटक–पटक आग्रह गरेपनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।
यता शहरी विकास भवन निर्माण कार्यालय सिन्धुलीका प्रमुख दुर्गा प्रसाद घिमिरेले भने गुणस्तरहीन सडकको पिच उप्काएर फेरि बनाउन लगाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्