
काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड बिस्तार गर्ने क्रममा सडक किनारका सयौं पुराना वरपीपल रुख,चौतारा तथा यात्रु प्रतीक्षालयहरु मासिएका छन् ।
पूर्वपश्चिम राजमार्ग निर्माण भएका बेला सडकको दुवैतर्फ बनेका चार सयभन्दा बढी वरपीपलका रुख,चौतारा तथा यात्रु प्रतीक्षालय अहिले चार लेनको सडक बिस्तार गर्ने क्रममा मासिएका हुन् । नारायणगढ–बुटवल सडक योजनाअन्तर्गत पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपीपलका रुख काटिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

यस सडकखण्डको सबैजसो चोक तथा सडक छेउछाउमा वरपीपलका रुखमा चौतारा तथा प्रतीक्षालय निर्माण भएका थिए ।यस्तै,सडकखण्डको किनारमा बनेका प्रतीक्षालयको भने तथ्यांक राखिएको छैन । सडक बिस्तारका कारण चौतारीहरु मासिँदै गएकोप्रति दुख लागेकोे बताउँदै स्थानीयले चौतारी तथा प्रतीक्षालयलाई पायक पर्ने स्थानमा पुनः निर्माण र संरक्षण गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्