७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


रौतहटमा हालै भएको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न सांसद साहको माग


429
Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले रौतहटमा हालै भएको दुई वटा हत्याकाण्डमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले शान्ति, सुरक्षा कायम गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष साहले हावाहुरीपछि आएको चट्याङमा परी ज्यान गुमाएकी रौटहट मौलापुरकी प्रतिमा देवीको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले रौतहटमै हावाहुरीका कारण आँप, लिची, मकैलगायतका खेती नष्ट भएको उल्लेख गर्दै पीडितलाई क्षतिपूर्तिका व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष साहले खेतीबाली नष्ट भएका किसानहरुलाई क्षतिपूर्ति दिने काममा सरकारले ढिलाई गर्न नहुने समेत बताउनुभयो ।