
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको मस्यौदा विधान केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ ।
आइतबार काठमाडौमा बसेको बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो ।बैठकले पार्टीको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक असार ९ गते गर्ने निर्णय गरेको छ ।

कमलादीस्थित प्रज्ञा भवनको हल व्यवस्थापनका कारण विधान अधिवेशन असार १०, ११ र १२ गर्ने निर्णय भएको जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्