
काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाल र भारतबीच रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताए ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताएका हुन ।
उनले राजनीतिक दलका नेताहरुलाई रोजीरोटीको सम्बन्धमा छ भन्दैमा देश नै दाइजोमा दिने अधिकार नरहेको बताए । उनले खुला सीमानाका कारण नेपालले विभिन्न समस्याहरु झेलिरहेको उल्लेख गर्दै अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउन सीमानामा काँडेतार लगाउनुपर्ने उल्लेख गरे । उनले चलचित्र काँडेतारको सन्देश पनि सीमानामा काँडेतार लगाउनुपर्ने रहेको बताए ।
अध्यक्ष खड्काले सीमानाको बारेमा सधैँ मौन रहने हो भने भावी पुस्ताले नेपालले भूगोलमा नभइ गुगोलमा खोज्नुपर्ने बेला आउने बताए ।
प्रतिक्रिया दिनुहोस्