
काठमाडौं । सरकारले नेपालको आर्थिक अवस्था सुस्त रहेको स्वीकार गर्दै संसारभरि नै अर्थतन्त्रमा आएको मन्दीको कारण नेपाल पनि चोखो हुन नसकेको दाबी गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार संसदमा आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्र हुने जानकारी दिए । चालू आर्थिक वर्षको बजेटमा सरकारले ८ प्रतिशतको वृद्धिदर कायम गर्ने लक्ष्य राखेको थियो ।
मुद्रास्फिति अर्थात् मूल्यवृद्धि ७ प्रतिशतमा संकुचन गर्ने लक्ष्य लिएको सरकारले १ वर्षपछि मूल्यवृद्धि पनि नियन्त्रण गर्न नसकेको स्विकार्दै यस वर्ष ७ दशमलव ८ प्रतिशत हुने उल्लेख गरेको छ । यसको कारक तत्व पनि अन्तर्राष्ट्रिय परिस्थिति भन्दै सरकार पन्छिन खोजेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको दाबी समेत अर्थमन्त्रीले गर्न भ्याए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्