१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आइपिएल क्रिकेटको हिजो रोकिएको फाइनल खेल आज हुने


11.05k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आइतबार रोकिएको फाइनल खेल सोमबार हुने भएको छ ।

गुजरातको अहमदाबादमा आइतबार बेलुका लगातार वर्षा भएपछि खेल सुरु हुन सकेको थिएन । सोमबार पनि खेल हुन नसके गुजरात टाइटान्स च्याम्पियन बन्नेछ ।

फाइनल खेल हुन नसकेको अवस्थामा लिग चरणमा अगाडि रहेको टोलीले उपाधि जित्ने प्रावधान रहेको छ । समुह चरणमा गुजरात अग्र स्थानमा थियो भने चेन्नाई दोस्रोमा थियो । यीनै दुई टोलीले क्वालिफायर जित्दै उपाधि भिडन्त तय गरेका हुन् ।

गत वर्ष आफ्नो पहिलो सिजनमै आइपिएलको उपाधि जितेको गुजरात सोमबार उपाधि रक्षा गर्ने अभियानमा रहेको छ । उता चार पटकको च्याम्पियन चेन्नाई भने उपाधि जित्दै सर्वाधिक ५ उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गर्ने अभियानमा रहेको छ ।

गुजरातको कप्तानी हार्दिक पाण्ड्याले गरेका छन् भने चेनाईको कप्तानी महन्द्र सिंह धोनीले गरिरहेका छन् ।