१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


विश्वविद्यालयमा राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सरकारसँग नेविसंघको माग


52
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरुको कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कुलपति राष्ट्रपति हुने व्यवस्था गर्न माग गरेको हो ।

विश्वविद्यालयमा राजनीतिकरण हुन नदिन पनि भारतमा जस्तै नेपालमा पनि राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको संघका अध्यक्ष दुजाङ शेर्पाले बताउनुभयो ।

त्यसैगरी संघले विश्वविद्यालयको पदाधिकारी योग्यता, क्षमता र कार्ययोजनाको आधारमा नियुक्ती गर्न पनि सरकारलाई सुझाव दिएको छ । ज्ञापन पत्रमा सडक, हवाई, यातायात, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, परीक्षा प्रणालीलाई समयमै सम्पन्न गर्नुपर्नेलगायतका मागहरु पनि समावेश गरिएको छ ।

संघले ११ महिनादेखि रिक्त त्रिभुवन विश्वविद्यालय शिक्षा सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न, संघीय शिक्षा ऐन तत्काल ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।