
काठमाडौं । अर्थमन्त्री डा.प्रकशशरण महतले संसदमा बजेट भाषण गर्न शुरू गर्नुभएको छ ।
अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आयव्ययको विवरण (बजेट) संघीय संसदको संयुक्त सदनको बैठकमा पेश गर्न शुरू गर्नुभएको हो ।
संविधानको धारा ११९ अनुसार हरेक वर्षको जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहेको छ । बजेट संसदमा प्रस्तुत गर्नु अघि मन्त्रिपरिषदको बैठक बसेर त्यसलाई पारित गरेको थियो । यो वर्षको बजेट कस्तो आउँछ भन्ने विषयमा सबैको चासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस्