१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने हुन्छ : मन्त्री किराँती


195
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताउनुभएको छ ।

ठूलाठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किराँतीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताको दवावमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताउनुभयो ।

मन्त्री किराँती ले शहीदहरुमाथि अपमान हुन नदिन पनि भ्रष्टाचारविरुद्धको अभियानलाई गतिका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा मन्त्री किराँतीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।