
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताउनुभएको छ ।
उहाँले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताउनुभएको हो ।
चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजश्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताउनुभयो ।
उहाँले राजश्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।
वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता नआएको बताउनुभयो । उहाँले सरकारले आगामी आ.व.का लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संसोधित अनुमान रहेको बताउनुभयो ।
उहाँले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्