२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन


91
Shares

काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि क्षेत्रमा क्षेत्रमा ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।

सरकारले कृषि तथा पशुपंक्षी विकासका लागि छुट्याएको बजेट हालसम्मकै धेरै रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।