
काठमाडौं । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्दधनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्नु पर्ने बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्ष देखि स्वदेशी सिमेन्टका सडक बनाउने नीति अघि सारेको बताउनुभयो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने बताउनुभयो । उहाँले सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्न बताउनुभयो ।
उहाँले अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्