७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सफा हिमाल अभियानद्वारा ३५ हजार किलो फोहोर संकलन


65
Shares

काठमाडौं । सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिन मै ३५ हजार किलो फोहोर संकलन गरिएको छ ।

नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमाल-सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको जनाइएको छ ।

विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रममध्येको एक यस अभियान, कोका–कोला फाउन्डेसनलगायत अन्य धेरै संस्थाको सहकार्यमा २८ मार्चमा सुरु भएको थियो । यो अभियान ५ जुनमा सकिने जनाइएको छ ।