
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा रेलिगेसन क्षेत्रमा रहको एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएको छ ।
खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले १/१ एक गोल गरेका हुन् ।
हिमालयनका मानुएल एग्योमाङले एक गोल फर्काए । खुमलटारले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
त्यसैगरि खेलको ७६ औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए । खुमलटारको यो सातौं जित हो ।
हिमालयनले २२ खेलमा २९ अंक जोड्दै आठौं स्थानमा रहेको छ । यता खुमलटार २२ खेलमा २४ अंक जोडर पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्