
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा मंगलबार काठमाडौं जिल्ला अदालतमा पेशी तोकिएको छ ।
अन्तिम चरणको बहसका लागि पटक पटक पेशी तोक्ने तर, सुनुवाई नहुने हुदै आएकोमा मंगलबार पुनः पेशी तोकिएको हो ।
मंगलबार पनि अन्तिम चरणको सुनुवाई नहुने हो भने लामिछानेले दक्षिण अफ्रिकाको खेल गुमाउने पक्का छ । सर्वोच्च अदालतले गत फागुन १५ गते नै लामिछानेको मुद्दालाई शीघ्र सुनुवाई गर्न काठमाडौँ जिल्ला अदालतलाई आदेश दिएको थियो ।
तर, सर्वोच्चको आदेश आएको तीन महिना वितिसक्दा पनि मुद्दाको किनारा लाग्न सकेको छैन । यही जेठ ७ गते पनि पेशी तोकिएकोमा वहस हुन सकेको थिएन । अदालतले जाहेरीवाला किशोरीको जन्मदर्ता खुल्ने प्रमाणपत्रहरू झिकाउन आदेश मात्रै दिएको थियो ।
जाहेरीवाला किशोरीको जन्म मितिमा विवाद उत्पन्न हुँदा मुद्दा लम्बिंदै आएको हो ।
प्रतिक्रिया दिनुहोस्