२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दाङमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न


195
Shares

दाङ । दाङको बबई गाउँपालिकाको हापुरेमा आयुर्वेद पद्धतीको स्वास्थ्य शिविर आयोजना सम्पन्न भएकाे छ ।

आयुर्वेद उपचारको बारेमा ग्रामीण क्षेत्रका जनतालाई जानकारी दिने उद्देश्यले पहिलो पटक शिविर आयोजना गरीएको थियाे ।

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले गरेको वृहत स्वास्थ्य शिविरमा एलोप्याथिक उपचार गर्दै आएका बिरामीहरुको उल्लेख्य सहभागिता थियो ।

आयुर्वेद पद्धतिबाट गरिने उपचारमा ग्रामीण क्षेत्रका बासीन्दालाई कम बिश्वास हुने गरेको भए पनि शिविरमा ज्येष्ठ नागरिक र महिलाहरुको उल्लेख्य सहभागिता थियो । आयुर्वेद सेवाबाट दुर्गमका नागरिक बञ्चित भएको भन्दै एक दिने शिविर आयोजना गरिएको हो ।

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले आयुर्वेद चिकित्साले जनताको स्वास्थ्य सुधारमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । शिविरमा १५ सय बढी बिभिन्न रोगका बिरामीले सेवा लिएका थिए ।