
web pic
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबारबाट २३ औं चरणका खेलहरु सुरु हुँदैछन् ।
मंगलबार दशरथ रंगशालामा २३ औं चरणका दुई खेल हुनेछन् । दिउँसो ३ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
साँझ ६ बजे हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेड भिड्नेछन् । शिर्ष स्थानको चर्च ब्वाइज ११ औं जित निकाल्न चाहन्छ । चर्च ब्वाइजले २२ खेलबाट ३८ अंक जोडेको छ । दोस्रो स्थानको मच्छिन्द्र क्लबको ३६ अंक छ ।
मंगलबारको खेल जितेको खण्डमा चर्च ब्वाइजले मच्छिन्द्रसँग ५ अंकको अग्रता बनाउँनेछ ।
प्रतिक्रिया दिनुहोस्