
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोषका लागि रकम विनियोजन गरिएकोप्रति असन्तुष्टि जनाउनु भएको छ ।
मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत मेयर शाहले सांसद विकास कोषमा रकम छुट्याएपछि सांसदहरु बल्ल वडाध्यक्षको तहमा आईपुगेको टिप्पणी गर्नुभएको हो ।
उहाँले वडाध्यक्षकै काम गर्ने मन भए किन सांसद बनेको माननीज्यूहरु ? भन्दै प्रश्न पनि गर्नुभएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा सांसद विकास कोष ब्युँताउँदै प्रति सांसद ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सांसदका लागि ८ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्