
काठमाडौं । बजेट घोषणाको पहिलो कारोबार दिन मै शेयर बजारमा पहिरो गएको छ ।
बजेटमा बैंक वित्तीय संस्थाको मर्जर प्राप्ति र एफपीओको कर तिर्नुपर्ने उर्दीसँगै लगानीकर्ता निरुत्साही भएको विश्लेषण गरिएको छ ।
कारोबार सुरु भएदेखि निरन्तरजसो ओरालो लाग्दै बजार परिसूचक नेप्से ५३ अंकले झरेर १८ सय ८८ मा आएर थामियो । कारोबार भने साढें २ अर्ब नजिक रह्यो ।
सबै समूह राताम्मे रहँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च साढें ३ प्रतिशतको गिरावट आयो । लघुवित्त, अन्य र निर्जीबन बीमा समूह पनि ३ प्रतिशत बढीले झरे । बाँकी समूहमा पनि ३ प्रतिशत हाराहारीको गिरावट आयो ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७५ कम्पनीको ७१ लाख कित्ता बराबर शेयर २ अर्ब ३४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार २ सय ७ कम्पनीको मूल्य घट्दा जम्मा ९ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ ।
घटेको बजारमा पनि आत्मनिर्भर लघुुवित्तका लगानीकर्ताले १० प्रतिशत कमाउने क्रम भने जारी रह्यो ।
प्रतिक्रिया दिनुहोस्