
महोत्तरी। महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् ।
मंगलबार दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मास्क लगाएर बैंकमा प्रवेश गरेका लुटेराहरु बैंक लुटेपछि मोटरसाइकलबाट भागेका थिए ।
प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्