
स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका-४ को सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडकमा पहिलो पटक बस पुगेको छ ।
आरुखर्क-गलेमको २ हजार ६ सय मिटरको कडा चट्टान र ठूलो भीरखण्डको ट्रयाक खुलेपछि गलेम गाउँमा पहिलो पटक बस पुगेको हो ।
गण्डकी प्रदेश सरकार, स्थानीय विकास पूर्वाधार विकास कार्यक्रम र फेदीखोला गाउँपालिकाको एक करोड २५ लाख २२ हजार ७ सय ८२ र जनस्तरमा संकलन गरिएको ८० लाख १३ हजार १ सय ५१ रुपैयाँको लागतमा सडक ट्रयाक खोलिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
पहिलो पटक बस पुगेपछि गलेमबासी हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्