५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आज निर्जला एकादशी


2.561k
Shares

काठमाडौं । आज निर्जला एकादशी । वैदिक सनातन धर्मावलम्बीहरुले बुधबार आ–आफ्ना घरमा रहेका तुलसीको मठमा तुलसीको विऊ छर्ने गर्दछन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन रोपेको बीउबाट उम्रिएको विरुवा एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन सार्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । निर्जला एकादशीसमेत भनिने भएकाले आजको दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय मान्यता छ ।

आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।