
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ ।
लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार कानुन व्यावसायी युवराज सफलले दिएको रिटमा बुधबारदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
रिट निवेदकले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी लामिछानेले नेपाली नागरिकताको प्रतिलिपि लिएको जिकीर गरिएको छ ।
गत वैशाख २५ गते नै उक्त रिट सर्वोच्च अदालतमा लगिएकोमा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।
तर, यही जेठ २ गते सोही रिट दर्ता गर्न आदेश भएको थियो ।
प्रतिक्रिया दिनुहोस्