
एजेन्सी । उत्तर कोरियाले पहिलो अन्तरिक्ष भू–उपग्रह पठाउने योजनामा धक्का लागेको बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगामी जून ११ मा अमेरिकी सैन्य गतिविधि अनुगमन गर्नका लागि पहिलो भू–उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेपनि भू–उपग्रह प्रक्षेपणको प्रविधिमा समस्या आएको बताइएको हो ।
भू–उपग्रह पठाउने प्रयोजनका लागि बुधबार विहानै प्रक्षेपण गरिएको रकेट आकाशमै क्र्यास भई समुद्रमा खसेको उत्तर कोरियाले स्वीकार गरेको छ । बुधबार बिहानै आएको आवाजबाट दक्षिण कोरिया र जापानमा हलचल मच्चिएको थियो ।
दक्षिण कोरियाली सेनाले उक्त रकेट आकाशमै पड्किएको हुनसक्ने बताएको छ भने जापानी प्रधानमन्त्री फुमियो किसिदाले उत्तरकोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हुनसक्ने बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्