
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरपालिका भित्रका ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ ।
मेयर साहले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग भेटेर लक्षित वर्गलाई नि:शुल्क उपचार गर्नुपर्ने नियम पालना नगर्ने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न ध्यानाकर्षण गराउनु भएको हो ।
साहले बुधबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै मन्त्रीले कारबाही सुरु नगरे महानगरपालिका आफैंले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने चेतावनी पनि दिनुभएको छ ।
महानगरपालिकाले विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण मागेकोमा ६८ वटा स्वास्थ्य संस्थाले अटेरी गरेको विषयमा मेयर शाहले मन्त्री बस्नेतलाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुनमा विपन्न एवं लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्