१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसँग भेटवार्ता


247
Shares

काठमाडौं । भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री दाहाल तीन दिने भारत भ्रमणका लागि आज दिउँसो १ बजे भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेलललाई जानकारी गराउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।