
एजेन्सी । चीनले दुई पक्षबीच वार्ताका लागि आवश्यक सर्तहरू सिर्जना गर्न अमेरिकासँग आग्रह गरेको छ ।
चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले कुनै सिद्धान्त बिना वार्ता हुन नसक्ने बताएका छन् । चीनले सिंगापुरमा दुई सेनाका प्रमुखहरू बीचको बैठकको लागि अमेरिकाले गरेको अनुरोध अस्वीकार गरेको थियो ।
बुधबार भएको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता केफेईले यस विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै चीनको चासोलाई बेवास्ता गर्दै अमेरिकाले कृत्रिम अवरोध खडा गरिरहेको दाबी गरे । उनले अमेरिकाको विकासलाई चीनले महत्व दिएको भन्दै सबै तहमा सैन्य सम्बन्ध र सञ्चार, तथा दुई सेनाबीचको सुचना आदानप्रदानमा कुनै अवरोध नभएको दाबी गरेका छन् ।
दुई देशबीचको वर्तमान सम्बाद तथा सञ्चार कठिनाइको जिम्मेवारी पूर्ण रूपमा अमेरिकाले लिनुपर्नेमा जोड दिएका छन् । यसअघि मंगलबार चिनियाँ विदेश मन्त्रालयले पनि अमेरिकालाई दुई सेनाबीच वार्ता र सञ्चारका लागि आवश्यक वातावरण र अवस्था सिर्जना गर्न आग्रह गरेको थियो ।
चीन सरकारका प्रवक्ता माओ निङले अमेरिकाले आफ्नो गलत अभ्यासलाई तुरुन्तै सच्याउनुपर्ने र आफ्नो सार्वभौमसत्ता, सुरक्षा र हितमा चीनको चासोलाई इमानदारीपूर्वक सम्मान गर्नुपर्नेमा जोड दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्