
काठमाडौं । थप ३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २१ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बुधबार ७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या २३ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्