३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सासनधज धम्माचरिय धम्मवती गुरुमाँलाई विशेष सम्मान


156
Shares

काठमाडौं । लुम्बिनी विकास कोषले सासनधज धम्माचरिय धम्मवती गुरुमाँलाई विशेष सम्मान गरेको छ ।

२५६७ औं बुद्ध जयन्ती र लुम्बिनी दिवसको अवसरमा अग्गमहागन्थबाचक पण्डित गुरुमाँलाई कोषले सम्मानपत्र सहित विशेष सम्मान गरेको हो ।

काठमाडौंको धर्मकीर्ति विहारमा कोषका पूर्व उपाध्यक्ष भिक्षु निग्रोध महास्थविरले सो सम्मानपत्र गुरुमाँलाई हस्तान्तरण गर्नुभएको हो । बुद्ध शासनलाई चीर स्थायी बनाउन र बुद्ध शिक्षा र उपदेशलाई विश्वमा फैलाउन महत्वपूर्ण योगदान गरे बापत उहाँलाई कोषले सम्मान गरेको हो ।

यस अघि बैशाखमा गुरुमाँलाई विशेष सामुहिक धम्मपूजा सहित विशेष सार्वजनिक अभिनन्दन समेत गरिएको थियो ।