१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिगमा आज एनआरटीले पुलिससँग खेल्ने


273
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार तीन खेलहरु हुँदैछन् ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा च्यासल मैदानमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्नेछ । दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफ.सी खुमलटार भिड्नेछन् ।

२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको मनाङ बिहीबार सातौं जित निकाल्ने योजनामा रहेको छ । समान खेलबाट २४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा रहेको छ । खुमलटारसँगै फ्रेण्ड्स क्लब पनि रेलिगेशनको खतरामा छ ।

लगमा २३ खेलबाट ४१ अंक जोडेको चर्च ब्वाइज शिर्ष स्थानमा रहँदा ३९ अंकसहित मच्छिन्द्र क्लब दोस्रो तथा ३७ अंक जोडेको जावलाखेल युथ क्लब तेस्रो स्थानमा छ ।

३१ अंक जोडेको पुलिस क्लब चौथो स्थानमा उक्लिएको छ ।