१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आज भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदै


3.354k
Shares

काठमाडौं । बिहिबार भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ ।

विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालन हुन लागेको हो । सो कार्गाे रेल भारतको बथनाहाबाट पहिलोपटक विराटनगर आउन लागेको हो।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आउनेछ । अहिले प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरपाद हाउसमा भेटवार्ता जारी छ ।

कार्गो रेल आउने भएपछि नेपाल र भारत दुबैदेशका उद्योगी व्यवसायी उत्साहित भएका छन् । कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुनेछ ।