
काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार पनि सुनको मूल्य बढेको थियो ।
यस्तै, बिहीबार तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय कायम भएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्