१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


यस्ता छन् नेपाल र भारतबीच भएका मुख्य संझौता


1.69k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सातवटा संझौता भएको छन् ।

नेपाल र भारतको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि ती संझौता भएका हुन् । दुइदेशबीच क्रस बोर्डर डिजिटल पेमेन्ट, पारवहन सम्झौता नवीकरण, पेट्रोलियम पाइपलाइनलाई भारतको सिलगुडीलेखि नेपालको झापासम्म निर्माण गर्ने लगायतका मुख्य संझौता भएका छन् । प्रतिनिधिमण्डल स्तरीय वार्तापछि प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा आयोजित संयुक्त पत्रकमर सम्मेलनमा यस्तो जानकारी लिइएको हो ।
यस्ता छन् संझौता
१. पेट्रोलियम पाईपलाईन अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलीगुड़ीबाट झापासम्म निर्माण गर्ने कार्यको समझदारी

२.तल्लो अरुण जलबिद्युत आयोजनाबाट भारतीय कम्पनीले नेपाललाई बिजुली दिने संझौता

३. क्रस बोर्डर पेमेन्ट समझदारी

४.सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

५ .परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी

६.चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने

७. फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट सम्झौता