२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भारतबाट बिराटनगर आइपुग्यो कार्गाे रेल


611
Shares

काठमाडौं । भारतको बथनाहबाट कार्गाे रेल बिराटनगर आइपुगेको छ ।

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरतर्फ हिडेको थियो । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि भारतबाट कार्गो रेल सेवा सञ्चालन भएको हो ।

सो कार्गाे रेल भारतको बथनाहाबाट पहिलोपटक विराटनगर आएको हो । अबदेखि कार्गो रेल संचालन हुने भएपछि नेपाल र भारत दुबैदेशका उद्योगी व्यवसायी उत्साहित भएका छन् । रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुनेछ ।