१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह : उपसभामुख राना


65
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्काको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले मुखले मिठो बोलेर भन्दापनि व्यवहारमा काम गरेर देखाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले सयमा नै निर्माण सम्पन्न नगर्नेहरुमाथि एक्शन लिनुपर्ने बताउनु भयो । उहाँले संसद भवन निर्माण छिटो हुनुपर्छ भन्नेमा आफ्नो कुनै बाध्यता नरहेको बताउनु भयो ।

उपसभामुख रानाले निर्माणको काम सब कन्ट्याक्टर राखेर भएपनि समयमै सक्नुपर्ने बताउनु भयो ।