१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारले संसद भवन निर्माणको म्याद अब थप्न सक्दैन : मन्त्री गुरुङ


390
Shares

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले यसअघि पनि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने बताउनुभएको हो । उहाँले आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै शुरु गर्ने सरकारको योजना रहेको बताउनु भयो ।

उहाँले निर्माणको काम सुस्त रहेको भन्दै कामलाई तिब्रता दिन निर्देशन दिनुभयो । उहाँले म्याद थप समस्याको समाधान नभएको उल्लेख गर्दै जनशक्ति बढाएर काम गर्न निर्देशन दिनुभयो ।मन्त्री गुरुङले तोकेको समयभित्रै काम सम्पन्न हुनुपर्ने र कुनै व्यवधान भए हटाउन मन्त्रालय नीतिगत निर्णय गर्न र समयमा नै भुक्तानी गर्न सक्षम रहेको बताउनु भयो ।