१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जन पक्राउ


1.352k
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् ।

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सोही प्रकरणमा महर्जनकी श्रीमती लक्ष्मी महर्जन पक्राउ परिसकेकी छन् ।

प्रहरीले उक्त प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अघि बढाएको छ ।

हाल काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरुको बयान लिने क्रम जारी छ ।