
तेह्रथुम । धनकुटाका तरकारी कृषकलाई उपकरणमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकाका व्यावसायिक तरकारी कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत छथर जोरपाटी गाउँपालिका कृषि शाखाले उपकरणमा ५० प्रतिशत अनुदान सहयोग प्रदान गरेको हो ।
कृषि उपकरण नहुँदा समस्या खेपिरहेका कृषकलाई छुटमा उपकरण प्राप्त गरेपछि तरकारी खेती गर्न टेवा पुगेको उनीहरुले बताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत कृषकको आवश्यकताको आधारमा उपकरण खरिद गरी ५० प्रतिशत साझेदारी प्रदान गरिएको छथर जोरपाटी गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो ।
कृषकलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले स्थानीय सरकारले सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्