
काठमाडौं । सरकारले बालक्यान्सरसम्बन्धी ६ प्रकारका रोगमा प्रयोगमा आउने ३५ प्रकारका औषधिलाई निःशुल्क रूपमा उपलब्ध गराउने तयारी गरेको छ ।
विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)सँगको सम्झौतापछि अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च हस्पिटलको सहयोगमा सरकारले विभिन्न ६ प्रकारका बालक्यान्सरसम्बन्धी रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने ३५ प्रकारका औषधिलाई निःशुल्क उपलब्ध गराउने भएको हो ।
सो सम्बन्धी सम्झौता गत १४ अप्रिलमा अमेरिकाको सेन्ट ज्युड चिल्ड्रेन्स रिसर्च अस्पतालमा भएको थियो । पहिलो चरणमा जीआईसीसीले सन् २०२४ को जुनसम्मका लागि नेपाललाई निःशुल्क ती औषधि उपलब्ध गराउनेछ ।
जीआईसीसीसँगको सम्झौता कार्यक्रममा नेपालकातर्फबाट स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंसहितको १० जनाको टोली सहभागी भएको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्